Like us!
Follow us!
Connect us!
Watch us!

‘राजा फर्कन्छन् भन्नेहरू इतिहास बिर्सिएजस्तो छ'

अर्थ संसार

शनिबार, २४ फागुन २०८१, ०९ : २१ मा प्रकाशित

‘राजा फर्कन्छन् भन्नेहरू इतिहास बिर्सिएजस्तो छ'

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं भन्ने विषय महत्वपूर्ण रहेको बताउदै कोइरालाले राजाको बारेमा कुरा गरेर नहुने बताए ।

उनले भने-  'गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ बर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने भनेको अट्याक गर्ने भन्दा पनि हामीले राम्रो काम गरेर चेक गर्नुपर्छ ।'

नेता कोइरालाले मन्त्री र प्रधानमन्त्रीले दिएका अभिव्यक्ति बारे असन्तुष्टि व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको