Like us!
Follow us!
Connect us!
Watch us!

‘गोलीले युवाको भविष्य च्यातियो, सरकारले औचित्य गुमायो’ — शेखर कोइराला

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २१ : ०० मा प्रकाशित

‘गोलीले युवाको भविष्य च्यातियो, सरकारले औचित्य गुमायो’ — शेखर कोइराला

जेनजी आन्दोलनमा सरकारले गरेको दमनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्। उनले सोमबार सन्देश जारी गर्दै सरकार जनताप्रति क्रुर र अनुत्तरदायी बनेको आरोप लगाएका छन्।

कोइरालाले लेखेका छन्, “हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको सपना देखिरहेका विद्यार्थीमाथि सरकारले बर्बरतापूर्वक गोली चलाएको छ। यसको जति निन्दा गरे पनि कम हुन्छ।”

उनले घटनामा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारसँग आफू सदैव रहने उल्लेख गरेका छन्। कोइरालाले थपे, “तपाईंहरूको माग समयसापेक्ष र जायज छन्। आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरू केही होइन।”

उनका अनुसार, अब वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भएको छ र देशका समस्याको समाधान लोकतान्त्रिक तरिकाले खोजिनुपर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको