Like us!
Follow us!
Connect us!
Watch us!

डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदुत फिर्ता संयोग की नियत ?

अर्थ संसार

शनिबार, २६ जेठ २०८१, १९ : १९ मा प्रकाशित

डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदुत फिर्ता संयोग की नियत ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।

उनले भनेका छन्- 'लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।'

सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको