राष्ट्रिय स्वतन्त्र पार्टीकापूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टीका सभापति रवि लामिछानेले पूर्वराजासँग भेटेर राजसंस्था पुनर्स्थापनाबारे छलफल गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा मंगलबार स्टाटस लेख्दै ढकालले लामिछाने पार्टी खोल्ने बेलामा राजा ल्याउने लाइन रहेको बताएका हुन् ।
मुकुलले लेखेका छन् 'राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’ को लाइन लिने कि ‘गणतन्त्र’ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।
त्यतिबेला मैले रवि दाइलाई भने, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ’म आउने हो’ भन्न पर्यो नि ।’ राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – ‘राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।’ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस