Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा सभापति रवि लामिछानेले आज भाजपा अध्यक्षसँग भेटवार्ता गर्दै

अर्थ संसार

मंगलबार, १९ जेठ २०८३, १० : २७ मा प्रकाशित

रास्वपा सभापति रवि लामिछानेले आज भाजपा अध्यक्षसँग भेटवार्ता गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा छन्। लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

उनले आज भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा पार्टीका नीतिन नवीनलगायत वरिष्ठ नेताहरूसँग छलफल गर्नेछन्। लामिछानेको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यासका अनुभव आदानप्रदान, राजनीतिक सहकार्यका सम्भावना तथा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको