नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनश सेयरमूल्य समायोजन भएको हो ।
आज, सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनश सेयर प्रतिकित्ता ७२५ रुपैयाँका दरले समायोजन भएको हो । साथै, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनश सेयर प्रतिकित्ता १९८९ रुपैयाँका दरले समायोजन भएको छ । यी दुबै कम्पनीको समायोजन भएको सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस