राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणमा बिचौलियाले अध्यक्ष चुनेको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै झाले यस्तो बताएका हुन । यस्तै उनले राष्ट्र बैंकको गभर्नरका लागि पनि सरकारले बिचौलियाकै सिफारिस र पैसा कुर्दै गरेको बताए
उनले भने, ‘अब नेपाल राष्ट्र बैंकको गभर्नरको पदमा समेत यस्तै हुँदैछ । योग्यता र अनुभव हेरेर होइन, सरकारले बिचौलियाले पठाउने नाम र पैसाका आधारमा व्यक्ती चुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस