Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गिरावट कायमै - नेप्से दोहोरो अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा गिरावट कायमै - नेप्से दोहोरो अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

सेयर बजारमा लगातार गिरावटको क्रम जारी रहेको छ।

नेप्से आज १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका बन्द भएको छ । आज ३११ कम्पनीको ९५ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भएको छ ।

यसदिन फाइनान्स समूह र जीवन बीमा समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । बुधबार फाइनान्सको १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले सेयरमूल्य घटेकोछ । साथै, अन्य ७ उपसूचक समेत राताम्य भएका छन् ।

आज ५३ कम्पनीको सेयरमूल्य बढेपनि १८३ कम्पनीको मूल्य घटेको छ ।आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको