Like us!
Follow us!
Connect us!
Watch us!

स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित, प्रचण्ड भन्छन, ‘सत्ता गठबन्धनलाइ पनि हरायौं’

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, १० : १३ मा प्रकाशित

स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित, प्रचण्ड भन्छन, ‘सत्ता गठबन्धनलाइ पनि हरायौं’

स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।

नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आए पछि माओवादी केन्द्र उत्साहित भएको हो ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद  छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग  साथमा रहेको थप पुष्टि भएको छ।’ अध्यक्ष प्रचण्डले विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको