नेकपा एमालेका सांसद ठाकुर गैह्रेले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक फरक सूचना दिएर जनतालाई भ्रम पारेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हिजो दुईवटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन हुँदैन, ढुक्क हुनुस् । एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो रु के आज यस्ता चिजहरू स्वभायमान छन् ? यसले देशलाई अन्योलतातिर लगिरहेको छ ।’
हिजो ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हुनसक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङ नहुने बताएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस