Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कुनको मूल्य कति छ ?

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, ०८ : ५५ मा प्रकाशित

यी ५ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कुनको मूल्य कति छ ?

एनआईसी एसिया बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ५ वटा कम्पनीको करिब साढे १४ लाख बढी कित्ता सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको ५ कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर बिक्रीमा राखेको छ।  एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ ५० हजार कित्ता, निफ्रा १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।  ​

जसमा सीआईटीको ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।  

यसमा सीआईटीको बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । अन्य ४ कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको