Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो - ५३ अंकले घटेको बजार घट्दा फाइनान्स र विकास बैंकमा उच्च गिरावट

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा पहिरो - ५३ अंकले घटेको बजार घट्दा फाइनान्स र विकास बैंकमा उच्च  गिरावट

साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । 

नेप्से ५३.०४ अकंले घटेर २६१६.२६ बिन्दुका कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भएको छ ।

आज सबै सेक्टरका सूचक घटेका छन् । आज सर्वाधिक गुमाउनेमा फाइनान् र विकास बैंकका लगानीकर्ता रहेका छन् । यसदिन फाइनान्सको २.९९ प्रतिशत र विकास बैंक समूहको २.४२ प्रतिशतले सेयरमूल्य ओरालो लागेको छ । पछिल्लो समय फाइनान्स समूहका लगानीकर्ताको लगानी भने निरन्तर डुब्दै आएको छ । 

यस्तै, बैंकिङ १.४७, विकास बैंक, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे ।

आज १३ कम्पनीको सेयर मूल्यमात्रै बढेको छ भने २३० कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको