Like us!
Follow us!
Connect us!
Watch us!

३० अंकले बढेको सेयर बजारमा यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १५ : १९ मा प्रकाशित

३० अंकले बढेको सेयर बजारमा यी कम्पनीले गरे उच्च कारोबार

अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । 

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी वित्त समूहमा ३.७५ प्रतिशतको देखिएको छ। यो दिन करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ।

आज उच्च कारोबार भएका  कम्पनी

आज हिमालयन रिइन्स्योरेन्सको३२ करोड ६९ लाख रुपैयाँ,सीईडीबी होल्डिङ्सको १५ करोड २९ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख रुपैयाँ,गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख रुपैयाँ र सिन्धु विकास बैंकको ११ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ।

यसैगरी,युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८३ लाख रुपैयाँ,नेपाल बैंकको ११ करोड ४५ लाख रुपैयाँ,घलेम्दी हाइड्रोको १० करोड ३९ लाख रुपैयाँ,नारायणी डेभलपमेन्ट बैंकको १० करोड ३४ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको