नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्यका रूपमा रहनेछन्। उनीहरूलाई नयाँ गभर्नरका लागि योग्य उम्मेदवारको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा समाप्त हुँदैछ। त्यसैले राष्ट्र बैंकको नयाँ नेतृत्वका लागि आकांक्षीहरू सक्रिय हुन थालेका छन्। बैंकिङ तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने यो नियुक्तिलाई लिएर विभिन्न तहमा परामर्श र लबिङ पनि भइरहेको छ।
नयाँ गभर्नर को हुने भन्ने विषय अहिले चासोको विषय बनेको छ, जसका लागि सरकार, बैंकिङ क्षेत्र, र अर्थविद्हरूबीच छलफल तीव्र भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस