Like us!
Follow us!
Connect us!
Watch us!

‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरूको प्रदर्शन

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १४ : २९ मा प्रकाशित

‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरूको प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि काठमाडौंको माइतीघरमा उनको समर्थनमा प्रदर्शन भएको छ।

युवाहरूको अगुवाइमा आयोजित प्रदर्शनमा सरकारको निर्णयको विरोध गर्दै कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने माग उठाएका छन् । सहभागीहरूले सरकारको कदमलाई जनविरोधी भन्दै स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको बताइरहेका हुन् ।प्रदर्शनकारीहरूले घिसिङलाई हटाउने निर्णयलाई निरंकुश र भ्रष्टाचार प्रवर्द्धन गर्ने कदमका रूपमा व्याख्या गर्दै सरकारको आलोचना गरेका थिए।

उनीहरूले उनीहरुले जनताविरोध सरकार मुर्दाबाद, नेपाली जनता जिन्दावाद, कुलमानलाई हटाउने मन्त्रीपरिषद् बैठक खारेज गर,सिंगो नेपाल के भन्छ कुलमान ल्याउ भन्छ, कता हिँडेको बिजुली मारेर कुलमान फालेर,लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन ’ जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको