Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान हटाएको विरोधमा काठमाडौंमा ऊर्जामन्त्रीको पुत्ला दहन

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, ११ : ०५ मा प्रकाशित

कुलमान हटाएको विरोधमा काठमाडौंमा ऊर्जामन्त्रीको पुत्ला दहन

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको नेतृत्वमा मङ्गलबार बिहान भृकुटीमण्डपमा प्रदर्शन भएको हो ।प्रदर्शनकारीले घिसिङको पक्षमा नारा लगाउँदै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरेका छन् ।

प्रहरीले रोक्न खोज्दा सामान्य झडपसमेत भएको छ ।सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । 

तस्बिरहरू

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको