Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, १५ : ३५ मा प्रकाशित

कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको