Like us!
Follow us!
Connect us!
Watch us!

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाको आन्दोलन घोषणा, वैशाख ७ देखि निरन्तर प्रदर्शन

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, २० : ३७ मा प्रकाशित

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाको आन्दोलन घोषणा, वैशाख ७ देखि निरन्तर प्रदर्शन

राजसंस्था पुन:स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  आन्दोलनमा होमिने निर्णय गरेको छ।

मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेबाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले  आन्दोलन गरे पनि  समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए। 

राप्रपाले २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गर्ने छ।  त्यसपछि राप्रपाले वैशाख ७ गतेबाट निरन्तर आन्दोलन गर्ने छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको