Like us!
Follow us!
Connect us!
Watch us!

डा. तोसिमा कार्कीको कटाक्ष: "महामन्त्रीद्वयको हैसियत सामाजिक सञ्जालमै सीमित!"

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, २१ : ११ मा प्रकाशित

डा. तोसिमा कार्कीको कटाक्ष: "महामन्त्रीद्वयको हैसियत सामाजिक सञ्जालमै सीमित!"

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कटाक्ष गरेकी छिन्।

डा. कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गगन र विश्वप्रकाशको भूमिकामाथि प्रश्न उठाएकी छिन्। उनले लेखेकी छिन्:

"मन्त्रीले गलत गर्दा महामन्त्रीद्वयको हैसियत सामाजिक सञ्जालमा आपत्ति पोख्नमै सीमित! कस्तो निरिह महामन्त्री हुनु रचन् ठूला पार्टीमा त! हरे…"

उनको यो टिप्पणीलाई व्यंग्यपूर्ण कटाक्षका रूपमा लिइएको छ। सत्ता साझेदार दल कांग्रेसका दुई महामन्त्री गगन र विश्वप्रकाशले घिसिङ बर्खास्ती प्रकरणमा सरकारको आलोचना गरे पनि पार्टीभित्र विशेष प्रभाव देखाउन नसकेको सन्देश डा. कार्कीले दिन खोजेको टिप्पणी गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको