रास्वपा सांसद डा. तोसिमा कार्कीको सचिवालयले दुई वर्षको संसदीय अभ्यासले वर्तमान संविधानले स्थिर सरकार दिन असमर्थ रहेको ठहर गरेको छ। सचिवालयमार्फत जारी वक्तव्यमा भनिएको छ, “अहिलेसम्मको अनुभवले देखाएको छ कि जनमतको धज्जी उडाउने गरी केवल गठबन्धनका खेल मात्र हुनेछन्, त्यसैले बहुमत ल्याउन सक्ने वातावरण निर्माण गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ल्याउनुपर्छ र प्रदेश सरकार खारेज गर्ने हिम्मत गर्नुपर्छ।”
वक्तव्यमा लोकतन्त्रलाई थप उन्नत बनाउन संवैधानिक संशोधन अपरिहार्य भएको उल्लेख छ। “नेपालको परिमार्जित नयाँ संविधानमार्फत मात्र स्थिर र जिम्मेवार सरकार सम्भव छ,” वक्तव्यमा भनिएको छ।
डा. कार्कीको सचिवालयले वर्तमान संसद तत्काल विघटन गरी अन्तरिम सरकारमार्फत नयाँ संविधानअनुरूप निर्वाचनमा जाने मागसमेत राखेको छ।
सचिवालयले अभियानलाई जोड दिँदै, "हिरोसिमा-नागासाकी जस्तै ध्वस्त भूमिबाट पनि नयाँ आशा जन्मिन्छ, नेपाल पनि उठ्छ" भन्दै जनतालाई निराश नहुन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस