सेयर बजार आज उच्च अंकले बढेको छ । आज नेप्से ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ ।
बुधबार कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको सेयर कारोबार भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । बैंकिङ इन्डेक्स सर्वाधिक अंकले बृद्धि भएको छ ।
आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको मात्र सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस