नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै आधार नरहेको बताएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राजावादी सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने उनको भनाइ थियो ।
भट्टराईले संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि अहिलेको शासकीय स्वरूपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने र देशमा आर्थिक विकास संस्थागत हुने उनको विश्वास थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस