Like us!
Follow us!
Connect us!
Watch us!

तोकिएको समयमै चुनाव हुनुपर्छ, सरकार फेरिनु हुँदैन - बाबुराम भट्टराई

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १७ : ०९ मा प्रकाशित

तोकिएको समयमै चुनाव हुनुपर्छ, सरकार फेरिनु हुँदैन - बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्धारित समयमै चुनाव हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले  यही सरकारले चुनाव सम्पन्न गर्नुपर्ने छ। यसका लागि उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आह्वान गर्दै अठोट गर्न आग्रह गरेका छन्।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य' शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यो महत्त्वपूर्ण कार्यलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईले भने,‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ।' 

भट्टराईले भने कि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने हो। उनले प्रधानमन्त्री कार्कीको आजीत र हैरान भएको भनाइलाई मानवीय स्वभावजन्य टिप्पणी भनेका छन्। केही दिन अघि प्रधानमन्त्री कार्कीले दल र विभिन्न जेनजी समूहहरूले आजै छोड भोलि नै छोड भन्ने दबाब दिएपछि आफू आजित र हैरान भएको बताएकी थिइन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको