Like us!
Follow us!
Connect us!
Watch us!

म राजनीतिबाट अलग भएको होइन,चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ - बाबुराम भट्टराई

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १२ : ४३ मा प्रकाशित

म राजनीतिबाट अलग भएको होइन,चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ - बाबुराम भट्टराई

नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए पनि आफूले राजनीति नछाडेको स्पष्ट पारेका छन्।

उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्यले पद त्यागेको बताए। 

आज पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताए ।

उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । नत्र फेरि त्यही भ्रष्ट नेता नै सत्तामा फर्किने उनको भनाइ छ ।

उनले पुरानो सरकार ढाले पनि सत्ता नढलेको भन्दै शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए । त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थीरता नआउने उनले बताए । अन्यथा जेनजी युवाको बलिदान खेर जाने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको