प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरूको घोषणापत्र विगतको तुलनामा गुणवत्ता बढेको बताएका छन्। युवाहरूको बढ्दो आकाङ्क्षाको चाप अनुसार वाचापत्रमा संक्षिप्तमा रूपमा आफ्ना कुरा बढी राख्न राष्ट्रिय स्वतन्त्र पार्टी सफल भएको उनको विश्लेषण छ।
युवा बेरोजगारीको प्रमुख राष्ट्रिय समस्या हल गर्ने लक्ष्य राख्नु खुशीको कुरा भएका बताएका छन्।
प्रभट्टराईले भनेका छन्, ‘ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्रर प्रतिबद्धता पत्र र वाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकाङ्क्षाको चाप राम्रै परेको देखिन्छ। परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रस्ट अनुभूत हुन्छ। यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न बढी सफल देखिन्छ। घोषित लक्ष्यहरू महत्त्वाकाङ्क्षी जस्ता देखिए पनि म आफै अर्थमन्त्री छँदा आ ब २०६५/६६ को बजेट–वक्तव्यमा उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ! भन्ने महाकवि देवकोटाको पङ्क्ति उद्धृत् गर्ने व्यक्ति भएकाले त्यसलाई अन्यथा मान्दिनँ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस