तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो ।
तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस