Like us!
Follow us!
Connect us!
Watch us!

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १८ : १६ मा प्रकाशित

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौँको तीनकुने क्षेत्रमा राजसंस्था पक्षधर र प्रहरीबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको स्रोतले जानकारी दिएको छ। महर्जनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

झडपको घटनाले राजधानीमा तनावको स्थिति सिर्जना गरेको छ, जसको परिणामस्वरूप जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज अपराह्न ४:२५ बजेदेखि राति १०:०० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी गरिएको आदेशमा काठमाडौं महानगरपालिकाभित्र तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ वा आवत-जावत गर्न प्रतिबन्ध लगाइएको छ।

कर्फ्यू आदेश बानेश्वर–तीनकुने क्षेत्रलाई समेट्दै निम्न स्थानहरूमा लागू हुनेछ:

  • गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म

  • कोटेश्वरदेखि जडिबुटी पुल र बालकुमारी पुलसम्म

  • बानेश्वर चोकदेखि शंखमुल पुलसम्म

  • गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको