नेकपा (एमाले) का नेता सूर्य थापाले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले अहिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई ‘उन्मादी पाल्तु घोडा’ को संज्ञा दिँदै कडा शब्दमा आलोचना गरेका छन्।
थापाले आफ्नो पोस्टमा प्रसाईंको गतिविधिलाई गम्भीर आरोप लगाउँदै उनलाई बैंक ऋण नतिर्ने ठग, साइबर अपराधी, हिंसा भड्काउने व्यक्ति तथा कायर भगौडाका रूपमा चित्रण गरेका छन्। साथै, उनले प्रसाईंले सुरु गरेको कथित आन्दोलन इतिहासकै चिहानमा पुगिसकेको दाबी गर्दै राजतन्त्र पुनःस्थापनाको सपना देख्नेहरूलाई ‘दुष्ट र पटमुर्ख’ को संज्ञा दिएका छन्।
प्रसाईंले बैंक ऋण नतिर्ने, साइबर अपराध गर्ने, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गराउने काम गरेको आरोप। उनी आफ्ना देशी-विदेशी मालिक खोज्दै भौतारिइरहेको र आन्दोलनको जिम्मेवारी नलिई भागेको दाबी। राजतन्त्र फर्काउने सपना देख्नेहरूलाई ‘दुष्ट’ र ‘पटमुर्ख’ भन्दै ती व्यक्तिहरूलाई नेपाली जनताले माफी नदिने चेतावनी। गृहमन्त्री लेखकले आफ्नो कार्यक्षमता चाँडो देखाउनुपर्ने माग।
सूर्य थापाको पोस्टले नेकपा (एमाले) भित्रै पनि विभिन्न प्रतिक्रिया जन्माएको छ। केही नेताहरूले यो उनको व्यक्तिगत धारणा भएको बताइरहेका छन् भने केहीले यसलाई दलको आधिकारिक दृष्टिकोणकै रूपमा व्याख्या गरेका छन्।
यसैबीच, प्रसाईंका समर्थकहरूले थापाको पोस्टको कडा आलोचना गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा थापाविरुद्ध टिप्पणी गर्दै उनको अभिव्यक्तिलाई पूर्वाग्रही र गैरजिम्मेवार भनेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस