Like us!
Follow us!
Connect us!
Watch us!

सुर्य थापाको रविमाथि व्यङ्ग्य- कलाबिहीन नयाँ नाटक 'प्रतिशोध' सुपरफ्लप !

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०८ : ४६ मा प्रकाशित

सुर्य थापाको रविमाथि व्यङ्ग्य- कलाबिहीन नयाँ नाटक 'प्रतिशोध' सुपरफ्लप !

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै 'प्रतिशोध' को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् । 

रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् । 

उनले भनेका छन्- ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौं ।

थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको