Like us!
Follow us!
Connect us!
Watch us!

सूर्य थापाको आरोप: ‘सुशीला–ओमप्रकाश जत्था चुनाव फोबिया ग्रस्त, लोकतन्त्रमा हुल अफ ल अस्वीकार्य’

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०७ : ३३ मा प्रकाशित

सूर्य थापाको आरोप: ‘सुशीला–ओमप्रकाश जत्था चुनाव फोबिया ग्रस्त, लोकतन्त्रमा हुल अफ ल अस्वीकार्य’

नेकपा (एमाले) का नेता सूर्य थापाले हालको राजनीतिक परिस्थितिप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गृह मन्त्रीले प्रहरी आईजीपीलाई दिएको आदेशलाई “गैरकानुनी र असंवैधानिक” भन्दै ती आदेशदातामाथि तीव्र आक्रोश पोखेका हुन्।

थापाले आफ्ना टिप्पणीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङलाई लक्षित गर्दै ती व्यक्तिहरूलाई “अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री” को संज्ञा दिएका छन्। उनले भनेका छन्, “यी व्यक्तिहरू चुनाव गराउने पात्र होइनन्, उनीहरूमा ‘चुनाव फोबिया’ देखिएको छ।”

उनका अनुसार, यदि चुनाव गराउने इच्छाशक्ति भएको भए “पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने कुरा नै हुने थिएन।” उनले चारवटा सुरक्षा निकायका प्रमुखहरूले पनि यस्ता आदेशलाई अस्वीकार गरिसकेको दाबी गरे।

थापाले लोकतान्त्रिक प्रणालीमा ‘हुल अफ ल’ किमार्थ स्वीकार्य नभएको उल्लेख गर्दै भनेका छन्, “संविधान र कानुन विपरीत चल्नेहरूलाई जनताले चाँडै नै कठघरामा उभ्याउनेछन्।”

उनले सुशीला कार्की, ओमप्रकाश अर्याल, बालेन शाह र सुदन गुरुङलाई चेतावनी दिँदै भनेका छन् — “राज्यले कारबाही नगरे जनताले नै टोलटोलबाट जनकारबाही गर्नेछन्।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको