नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूको गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउन ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ।
बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ अनुसार ब्रोकर मर्जरलाई संस्थागत गर्न नयाँ व्यवस्था लागू गरेको हो।
निर्देशिका जारी भए सँगै अब कुनै पनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको लागि योग्य हुने छन्। निर्देशिका अनुसार कुनै पनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रुपमा अनुसूची–१ बमोजिम निवेदन दिनु पर्ने छ।
निवेदन दिए पश्चात् बोर्डले उक्त निवेदन उपर जाँचबुझ गर्ने छ। जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न बोर्डले उपयुक्त हुने देखेमा १५ कार्य दिन भित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने-गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिने छ। यदि सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात कार्य दिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिने छ।
;
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस