Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुने आगजनी प्रकरण : "सत्य तथ्य नबुझी अफवाह फैलाउनेहरूलाई कारबाही गरिने" – प्रहरी

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, २० : ४८ मा प्रकाशित

तीनकुने आगजनी प्रकरण : "सत्य तथ्य नबुझी अफवाह फैलाउनेहरूलाई कारबाही गरिने" – प्रहरी

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा, तोडफोड, आगजनी, र मानवीय क्षतिको घटनाप्रति जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान जारी रहेको जानकारी गराएको छ।

प्रहरीका अनुसार, "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल" नामक समूहले काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिए पनि कार्यक्रमका क्रममा हिंसात्मक गतिविधि भइ विभिन्न स्थानमा तोडफोड, आगजनी तथा मानवीय क्षति भएको छ। प्रहरीले एक घरमा आगजनी गरी व्यक्तिको मृत्यु समेत भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान जारी रहेको र मृतकको पोष्टमार्टम रिपोर्ट समेत आउन बाँकी रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा "तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो" भन्ने भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेको छ।

प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले भ्रामक र गलत सूचना सम्प्रेषण गरेर जनमानसमा नकारात्मक प्रभाव पार्ने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

प्रहरीले हाल घटनाको सूक्ष्म अनुसन्धान भइरहेको भन्दै कुनै पनि भ्रामक सूचना नफैलाउन आग्रह गर्दै वास्तविक तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

67e95d594b5b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको