नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् ।
नेपाल राष्ट्र बैंकका सत्रौँ गभर्नर महाप्रसाद अधिकारीले ५ वर्षे कार्यकालको अवधिमा बैंकले अर्थतन्त्रको स्थिरता र बैंकिङ क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्याउने महत्त्वपूर्ण निर्णयहरू र नीतिहरू ल्याएको बताएका छन्।
उनले कार्यकालको दौरान संस्थागत सुधार र विश्वसनीयता निर्माणमा मुख्य ध्यान केन्द्रित गरेको बताउँदै नयाँ गभर्नरको नेतृत्वमा राष्ट्र बैंक अझ बढी सशक्त र स्वतन्त्र हुने आशा व्यक्त गरेका छन्।
उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस