सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी वैशाख ५ गतेदेखि निष्कासन गर्ने भएको हो।
यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो।
जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावितका लागि निष्कासन गरिएको सेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्याेदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्। यसमा आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। कम्पनीको सेक्टर हाइड्रोपावर रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस