Like us!
Follow us!
Connect us!
Watch us!

भोलिबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, १४ : ३३ मा प्रकाशित

भोलिबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी

सान्भी इनर्जीले भोलि वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ८८ करोड रूपैयाँको १० प्रतिशत ८ करोड ८० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ८ लाख ८० हजार कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।  यो आइपीओमा इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर सम्मका वडा), माईजोगमाई गाउँपालिका वडा नं १ (साविकको नयाँ बजार गाविसका १ देखि ४ र ६ देखि ९ नम्बर वडा) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ गाविसका १ देखि ९ नम्बरसम्मका वडा) तथा नयाँबजार गाविसको वडा नं. ५०, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडा) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गाविसका २, ६ र ८ नम्बर वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको ३३.०७ प्रतिशतले हुन आउने २९ लाख १० हजार कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालले आवेदन दिन सक्नेछन्।  लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

स्थानीयले आयोजनास्थल, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइपीओमा वैशाख १९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको