Like us!
Follow us!
Connect us!
Watch us!

इभी कर्जामा नीति स्पष्ट नभए बैंकहरूमा समस्या आउछ  - अध्यक्ष कोइराला

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १५ : ३० मा प्रकाशित

इभी कर्जामा नीति स्पष्ट नभए बैंकहरूमा समस्या आउछ  - अध्यक्ष कोइराला

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको क्रेज बढेको र ऋण पनि त्यसमै गइरहेको बताएका छन् ।

नाडा अटोमोबाइल एसोसिएसनले मंगलबार आयोजना गरेको ‘नाडा डाइलग २०८१’ को ‘लङ टर्म पोलिसिज फर अटोमोबाइल सेक्टर’ विषयक सत्रमा  बोल्दै उनले यस्ते बताएका हुन् । 

उनले भने,‘वातावरणको हिसाबले पनि इभीलाई प्रमोट गर्नुपर्छ भनेर सरकार लाग्यो राष्ट्र बैंकले पनि फाइनान्सिङको पाटोमा केही सर्कुलरहरू पनि लेरायो,बैंकहरुले लोन दिँदै गर्दा इभीको भविष्य के हुने हो भन्नेमा केही कन्फ्युजन सिर्जना भएको छ ।’

 कोइरालाले इभी कर्जामा स्पष्ट नीति नहुने हो भने आगामी दिनमा बैंकहरूमा समस्या आउने बताए । उनले बैंकहरुबाट करिब १ खर्ब २९ अर्ब रूपैयाँ बराबरको कर्जा सवारी क्षेत्रमा गएको समेत बताए ।

‘हामीले जुनसुकै क्षेत्रलाई प्राथमिकता दिँदा पनि दीर्घकालीन वित्तीय स्थायित्वको ख्याल गर्नुपर्छ’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको