Like us!
Follow us!
Connect us!
Watch us!

७८ वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य 'उत्कृष्ट', ह्वाइट हाउसले भन्यो — गोली लागेपछिको कानमा सामान्य दागबाहेक सबै रिपोर्ट राम्रो

अर्थ संसार

सोमबार, ०१ बैशाख २०८२, ०९ : ०० मा प्रकाशित

७८ वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य 'उत्कृष्ट', ह्वाइट हाउसले भन्यो — गोली लागेपछिको कानमा सामान्य दागबाहेक सबै रिपोर्ट राम्रो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य पूर्णरूपमा ‘उत्कृष्ट’ रहेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पको वार्षिक शारीरिक परीक्षणपछि अप्रिल १३ मा सार्वजनिक गरिएको स्वास्थ्य प्रतिवेदनअनुसार उनी आफ्नो कर्तव्य निर्वाह गर्नका लागि पूर्ण रूपमा ‘फिट’ छन्।

गोल्फ जितहरूलाई स्वास्थ्यको प्रमाण मान्दै चिकित्सकको रिपोर्ट

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक अमेरिकी नौसेना कप्तान सीन बारबेल्लाले जारी गरेको रिपोर्टमा भनिएको छ, “राष्ट्रपति ट्रम्प अझै पनि उत्कृष्ट स्वास्थ्यमा छन्। उनीसँग हृदय, श्वासप्रश्वास, स्नायु प्रणाली र सामान्य शारीरिक क्षमता सशक्त रहेको देखिएको छ।” रिपोर्टमा ट्रम्पको सक्रिय जीवनशैली र गोल्फ प्रतियोगितामा लगातार जितहरूलाई स्वास्थ्य सन्तुलनको मुख्य आधार मानीएको छ।

मुख्य स्वास्थ्य विवरणहरू यस प्रकार छन्:

  • उमेर: ७८ वर्ष १० महिना

  • उचाइ: ७५ इन्च

  • तौल: २२४ पाउन्ड

  • रक्तचाप: १२८/७४ mmHg

  • नाडी दर: ६२ प्रति मिनेट

  • अक्सिजन स्याचुरेसन: ९९%

  • तापक्रम: ९८.६°F

विशेष जाँच रिपोर्ट:

  • कानमा दाग: गत वर्ष पेनसिल्भेनियामा चुनावी ¥यालीका क्रममा ट्रम्पमाथि भएको गोली प्रहारमा उनी सामान्यरूपमा घाइते भएका थिए। त्यसको असर स्वरूप दाहिने कानमा सामान्य दाग देखिएको भए पनि सुनाइमा कुनै असर छैन।

  • हृदय र श्वास प्रणाली: सामान्य छ।

  • स्नायु प्रणाली: मानसिक स्थितिमा कुनै समस्या देखिएको छैन।

  • आँखा, घाँटी, टाउको: सबै सामान्य रिपोर्ट।

रक्त परीक्षण नतिजा:

  • कुल कोलेस्ट्रोल: १४० mg/dL

  • ट्राइग्लिसराइड: ५६ mg/dL

  • HDL (राम्रो कोलेस्ट्रोल): ७७ mg/dL

  • रक्तमा चिनीको मात्रा (फास्टिङ): ८९.७ mg/dL

  • भिटामिन B12: ४८६ pg/mL

  • TSH (थाइराइड): १.४१ μLU/mL

अघिल्लो इतिहास:

  • चिकित्सकीय: सामान्य एलर्जी, कोभिड संक्रमणको इतिहास, हाइपरकोलेस्ट्रोलेमिया (नियन्त्रित), छालासम्बन्धी सामान्य रोग (रोजेसिया), एक्टिनिक केरेटोसिस, डाइभर्टिकुलोसिस, र एक साधारण कोलोन पोलिप।

  • शल्यक्रिया इतिहास: ११ वर्षको उमेरमा एपेन्डिक्सको शल्यक्रिया, दुवै आँखाको मोतिबिन्दुको शल्यक्रिया।

  • जीवनशैली: जीवनभरि धुम्रपान र मद्यपान नगरेका।

ह्वाइट हाउसको भनाइ:

ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनेकी छन्, “राष्ट्रपति ट्रम्पको वार्षिक स्वास्थ्य परीक्षणको वाचा गरेअनुसार रिपोर्ट सार्वजनिक गरिएको हो। उनी अझै पनि पूर्ण रूपमा स्वस्थ र सक्रिय छन्।”

यो रिपोर्ट ट्रम्प ७८ वर्षको उमेरमा पुनः राष्ट्रपतिको पद सम्हालेपछि सार्वजनिक गरिएको पहिलो विस्तृत स्वास्थ्य जानकारी हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको