अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्मेनिया र अजरबैजानबीचको शान्ति सम्झौता ह्वाइट हाउसमा सम्पन्न गराउँदै पुनः आफ्नो ‘शान्ति निर्माता’ भूमिकामा जोड दिएका छन्। सम्झौतापछि ह्वाइट हाउसले ट्रम्पलाई आधिकारिक रूपमा ‘द पीस प्रेसिडेन्ट’ घोषणा गरेको छ।
सम्झौता समारोहमा आर्मेनिया र अजरबैजानका शीर्ष नेताहरूसँगै उपस्थित ट्रम्पले आफ्नो “सर्वोच्च आकांक्षा” विश्वमा “शान्ति र स्थिरता” कायम गर्नु रहेको बताए।
ट्रम्पले यस अवसरमा अघिल्ला शान्ति पहलहरूको पनि स्मरण गरे, जसमा भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्था समाधान गर्न आफ्नो भूमिकाको उल्लेख गरे।
“त्यो समय उनीहरू ठूला स्तरमा भिड्दै थिए। ठूलो टकराव हुन सक्ने अवस्था थियो, सम्भवतः आणविक स्तरको, तर दुवै मुलुकका नेताहरूले वार्तामा सहमति जनाए,” ट्रम्पले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस