Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिकूल मौसमका कारण विद्युत् अवरोध, लोडसेडिङको होइन - नेपाल विद्युत प्राधिकरण

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १२ : ३० मा प्रकाशित

प्रतिकूल मौसमका कारण विद्युत् अवरोध, लोडसेडिङको होइन - नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले हालैको प्रतिकूल मौसमका कारण केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ ।

देशभर हावाहुरी र प्रि-मन्सुनका कारण विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा ‘लोडसेडिङ’ भएको भन्ने भनाइहरू फैलिएका छन् । ती भनाइप्रति प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणका अनुसार खराब मौसमका कारण अवरुद्ध भएको सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रमार्फत रातदिन खटिएर अधिकांश स्थानमा विद्युत आपूर्ति यथाशिघ्र बहाल गरिएको छ । यद्यपि, अझै कतिपय स्थानमा सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति क्षमा मागिएको छ ।

यस्ता घटनाबारे नजिकको विद्युत कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको