रिभर फल्स पावर लिमिटेडको सेयरको लकइन अवधि आगामी जेठमा सम्पन्न हुने भएको छ । कम्पनीको संस्थापक, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुको नाममा रहेको सेयरको लकइन अवधि २०८२ जेठ ८ गते सम्म रहेको तथा सो पश्चात लकइन अवधि समाप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता सेयर तीन वर्षदेखि लकइनमा रहेको छ।
लकइन अवधि सकिएपनि संचालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस