Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १७ : ५० मा प्रकाशित

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिन आज (आइतबार) साँझ ५ बजेसम्ममा ६ हजार ८ जनाले ९ कराेड ८५ लाख १३ हजार रूपैयाँ बराबरकाे ९ लाख ८५ हजार एक सय ३० कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएकाे छ ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएकाे थियाे ।

याे आईपीओ बाँडफाँड भएपश्चात् दाेश्राे चरणमा कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको