प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुनेछ। बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा पनि छलफल हुन सक्ने बताइएको छ ।
गर्भनर नियुक्तिको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेसका सभापति शेर बहादुर देउवाबीच सहमती भएको बिषयमा पनि आज निर्णय हुने सक्ने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस