Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, ०८ : ०८ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै

सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान १० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

सिंहदरबारमा बस्न लागेको बैठकमा कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणको तयारीका बारेमा छलफल हुने जनाइएको छ । कतारका सबैभन्दा उच्च नेतृत्वबाट पहिलोपटक हुन लागेको नेपाल भ्रमण बैठकको प्रमुख एजेन्डा रहेको छ । सेख अल थानी दुई दिने भ्रमणका लागि भोलि नेपाल आइपुग्नेछन् ।

यसैगरी बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत निर्णय गर्ने जनाइएको छ । बैठकमा नियमित कार्य गतिविधि तथा सरुवा बढुवाबारे पनि छलफल हुनेछ । संसद् सुचारु नभएको अवस्थामा आसन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्षित् गर्दै विभिन्न ऐन संशोधन गर्न अध्यादेश ल्याउने बारे पनि बैठकमा छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको