मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार साँझ साढे ५ बजे मन्त्रिपरिषद् बस्ने भएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
अहिले केहीबेरमा प्रमुख तीन राजनीतिक दलका नेतृत्वहरु छलफलमा जुट्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिच आज भेटवार्ता हुन लागेको हो ।
तीन नेताहरु संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा छलफलमा जुट्न लागेका हुन् । तीन नेताबिचको छलफल सकिएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस