पियोर इनर्जी लिमिटेडको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ।
सोमबार पियोर इनर्जीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि अब कम्पनीको सेयर भोलि मंगलबारदेखि कारोबारमा आउने छ। धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि कारोबार खुल्ने प्रावधानअनुसार मंगलबारबाट यसको सेयर खरीदबिक्री गर्न सकिने भएको हो।
नेप्सेमा पियोर इनर्जीका कुल ८० लाख कित्ता सेयर सूचीकृत भएका छन्। तीमध्ये संस्थापक समूहका ६४ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारण समूहका १६ लाख कित्ता (२० प्रतिशत) छन्।
नेप्सेले पियोर इनर्जीलाई ‘PURE’ संकेत चिह्न प्रदान गरेको छ। पहिलो दिनको कारोबारका लागि नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम प्रतिकित्ता ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म तोकेको छ।
मंगलबार स्पेसल प्रि–सेसनमार्फत कम्पनीको सेयर सो तोकिएको रेन्जभित्र किनबेच भएमा त्यसपछि नियमित सत्रमा पनि कारोबार सुरु हुनेछ।
पियोर इनर्जीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। उक्त सेयरको बाँडफाँड वैशाख ११ गते नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस