नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो सपना भएको बताएका छन् ।
तर एकथरी मानिस प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयासमा लागिरहेको उनले बताए ।
आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रचण्ड’ले भने , ‘उपलब्धि उल्ट्याउन खोज्नेहरूले राजा चाहियो भन्न खोज्छन् । हामी यो अभियानमै भएका बेलामा काठमाडौँमा एकखालको स्याल हुइयाँ चल्यो । लौ नारायणहिटी पसाउने रे ज्ञानेन्द्रलाई भनेजस्तो,‘त्यो सम्भव त थिएन तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो ।’
त्यस्तो भ्रम फैलाएपछि आफूहरूले अभियान नै रोकेर चैत १५ गते १ लाख जनता विशाल प्रदर्शन गरेको र दुनियाँले प्रशंसा गरेको प्रचण्डले बताए । ‘त्यही दिन राजावादीहरूले तीनकुनेमा राखेको कार्यक्रममा हत्या हिंसा र लुटपाट भयो’, प्रचण्डले भने, ‘माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो ।’ उनले त्यस्तो दुस्साहस नगर्न पनि राजावादीलाई चेतावनी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस