जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई फकाउन जथाभावी ऋण प्रवाह गर्ने गरेको पाइएको छ ।
व्यवसाय प्रबद्र्धनका लागि भन्दै अभिकर्तालाई आकर्षित गर्न कम्पनीहरूले मनपरी ढंगले कर्जा प्रवाह गर्न थालेका हुन् ।
कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् ।
जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् ।
यसरी कम्पनीहरूले प्रदान गर्ने कर्जा अभिकर्ताको कार्य सम्पादनमा आधारित हुन्छ । अर्थात् अभिकर्ताको तत्काल पाकेको कमिसन र आगामी दिनमा नवीकरण बिमाबापत प्राप्त हुन सक्ने कमिशनलाई आधार मानी कम्पनीहरूले कर्जा प्रदान गर्दै आएका छन् ।
समितिले अभिकर्तालाई कर्जा उपलब्ध गराउने व्यवस्था नगरे पनि व्यवसाय प्रवद्र्धनका लागि भन्दै कम्पनीले ऋण दिँदै आएका छन् । तर, कम्पनीहरूले मनपरी ऋण प्रवाह गर्न थालेपछि बिमा समितिको ध्यान बल्ल खिचिएको छ ।
कार्य सम्पादनको आधारमा कर्जा उपलब्ध गराए पनि घर कर्जाको लागि लालपुर्जा धितोमा राखिने गरेको कम्पनीहरूले बताएका छन् ।
सवारी साधनको कर्जा दिँदै सवारी साधनको स्वामित्व कम्पनीको नाममा नै राखिने गरेको र अन्य कम्प्युटर, मोबाइल, ल्यापटप जस्ता सामग्रीको लागि कर्जा दिँदा अभिकर्ताले पाउने कमिसन रोक्का राखिने गरेको कम्पनीहरूले बताएका छन् ।
यसरी कम्पनीहरूले दिने कर्जामा कम्पनी तथा कर्जाको प्रकृतिअनुसार ८ देखि १२ प्रतिशत ब्याज लिने गरेका छन् ।
अभिकर्तालाई प्रेरित गर्नका लागि कर्जा दिनु उपयुक्त भए पनि पछिल्लो समयमा कम्पनीहरूले जथाभावी कर्जा प्रवाह गरेको र कर्जा असुल उपर हुने क्रम घटेको समितिले बताएको छ ।
कम्पनीहरूले अभिकर्तालाई आकर्षित गर्न विभिन्न खालका योजना सञ्चालन गर्ने र कर्जा लिई सकेपछि अभिकर्ताहरू सम्पर्कविहिन हुने गरेको समेत समितिले बताएको छ । कम्पनीले आफनो स्वामित्व रहने गरी उपलब्ध गराएका कर्जा समेत असुल हुन नसकेको समितिका निर्देशक राजुरमण पौडेलले बताए ।
समितिका अनुसार कम्पनीहरूले एक पटकको व्यवसायलाई हेरेर नै ऋण उपलब्ध गराउँदै आएका छन् । तर, यसरी प्रवाह गरिएका कर्जाको असुलीको अवस्था कमजोर रहेको समितिको भनाइ छ ।
कम्पनीहरूले उपलब्ध गराउने कर्जा असुल नहँुदा वित्तीय विवरणमा प्रोभिजन गर्नुपर्छ । जसको प्रत्यक्ष असर बोनसदरमा पर्ने गरेको छ । तसर्थ, जथाभावी कर्जा प्रवाह नगर्न समितिले कम्पनीहरूलाई सचेत गराएको छ ।
नेपालमा हाल १८ वटा जीवन बिमा कम्पनी छन् । नौ वटा कम्पनीलाई चालू आवदेखि नै सञ्चालनमा आएका हुन् । पुराना कम्पनीभन्दा पनि नयाँ कम्पनीहरूमा यस्तो खालको समस्या झनै विकराल हुन सक्ने समितिले अनुमान गरेको छ ।
यद्यपि नयाँ कम्पनीहरूले अभिकर्ताका लागि ऋण र सापटी योजना सञ्चालनमा ल्याए पनि हालसम्म कर्जा वितरण नगरेको बताएका छन् ।
विगतको समयमा गुराँश लाइफ, एशियन लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ऋण असुल नहुने समस्या भोगेको समितिले बताएको छ । कारोबारबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस