सार्वजनिक यातायात केन्द्रीय महासंघले माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग गरेको छ ।
महासंघले बिहीबारसम्म उक्त रुट खाली नगरे सवारीसाधन ग्यारेजमा थन्काउने चेतावनी दिएको छ ।
महासंघले तत्काल माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग गरेको र विहिबारसम्म रुट नखुलेमा सवारी साधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएको हो । महासंघले सो रुटमा दैनिक चार हजार गाडी गुड्ने र यो रुट बन्द हुँदा एउटा सवारीसाधनलाई एक दिनमा कम्तीमा १५ सय रूपैयाँ घाटा लागेको बताएको छ । यस हिसाबबाट उक्त रुट बन्द हुँदा यातायात व्यवसायीहरूलाई कम्तीमा एक अर्ब ५६ करोड घाटा भएको महासंघको दाबि छ ।
उक्त रुटमा यातायात बन्द हुँदा करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ । नेपाल शिक्षक महसंघको गत चैत्र २० गतेदेखिको काठमाडौं केन्द्रित आन्दोलनका कारण उक्त क्षेत्रको यातायात रुट बन्द नै रहेको छ।
यसअघि शिक्षक आन्दोलन १७औं दिन पुगेका बेला उक्त महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा उक्त रुटमा अविलम्ब यातायात सञ्चालन गर्ने वातावरण बनाउन माग गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस