एनएमबि बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा वैशाख ११ गते आवेदन दिएको छ ।
बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो। सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी २० इकाइ बैंकले सर्वासाधारणका लागि जारी गर्नेछ।
बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस