Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले ५ देखि ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गर्यो - माधव सापकोटा

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, ११ : ४५ मा प्रकाशित

धितोपत्र बोर्डले ५ देखि ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गर्यो -  माधव सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको ऊर्जा उत्पादक संघ (इप्पान )कै पदाधिकारीले बताइरहेको उनले उल्लेख गरे।

उनले भने, ‘हिजो र आज धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेगावट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको  ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ राकियो भन्ने समाचार आएको छ,आजको केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’

उनले यो घटनाप्रति दलको तर्फबाट ध्यानाकर्षण गराउँदै यसको छानबिनका लागि सरकारका नाममा छानबिन गर्न समेत माग गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको